छविराज ढकाल/ पथरीशनिश्चरे,
मोरङको उर्लाबारी नगरपालिका- ४ सृजना टोलमा बाबुकाे किरियामा छोरीहरु बसेका छन् । आफ्नो बुवाको ५६ वर्षको उमेरमा निधनपछि तीन छोरी मध्यें दुई जना किरियापुत्री भैं दश गात्र कर्ममा बसेका हुन् । ह्दयघातका कारण निधन भएका सोमनाथ खतिवडाको १२ दिनअघि उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो ।
खतिवडाका तीन छोरी मध्यें जेठी एलिजा र कान्छी कोपिला खतिवडा अहिले खतिवडा निवासमा बाबुको काजकिरियामा बसेका छन् । माइली छोरी कविता भने अध्ययनको सिलसिलामा अस्ट्रेलिया भएका कारण किरियामा समावेश हुन सकिनन् ।
बाबु आमाको निधन पछि छोराले मात्रै दशगात्र किरिया गर्ने सामाजिक परम्परालाई परिवर्तन गर्न सन्देश दिदैं खतिवडाका छोरा नभएका कारण कान्छी छोरी कोपिला किरियापुत्रीको मुख्य भुमिकामा छोरा सरह कोरा बसेकी हुन् । उनीसंगै जेठी दिदी एलिजा र मृतकका दुई श्रीमती समेत उनको आशौच बारिरहेका छन् ।
पण्डित इन्द्रप्रसाद अधिकारी आफना बाबु आमाको दशगात्र कर्म गर्न हिन्दु शास्त्रले कहिं कतै रोक नलगाएको उल्लेख गर्दै पण्डीत अधिकारीले भने अगाडि थप्नु भयो -“छोराले मात्रै गर्नुपर्छ ; छोरीले गर्नु हुदैन भन्ने कहिं कतै उल्लेख छैन । गरुड पुराणको ७ औं अध्याय र ११ औं अध्यायमा समेत छोरीलाई बाबु आमाको दशगात्र कर्म गर्ने बाटो खुल्ला छ भनी लेखिएको छ ।”