विद्यालयमा अचानक भूकम्प !

0
534

उमानाथ भण्डारी,

कमल ।

विहीबार दिउँसो कमल गाउँपालिका–२ स्थित ज्योति माध्यमिक विद्यालयमा पुग्दा भूकम्प आएको जनाकारी दिने साईरन बज्यो । साईरन बजेको एक मिनेट वित्न नपाउदै निकै भागदौड सुरुभयो कोही एम्वुलेन्सलाई सम्पर्क गर्न थाले भने कोही सुरक्षा निकायलाई त कोही स्वस्थ्य कर्मीलाई । कोही कक्षा कोठामा भएका घाईते विद्यार्थीलाई खुल्ला चौरमा ल्याएर प्राथमिक उपचार गर्न थाले ।

यो दृश्य हेदै गर्र्दा लाग्थ्यो भूकम्प आएर धेरै मात्रामा विद्यार्थी घाईते भएर उनीहरुको उद्धार र उपचारमा निकै ठुलो जनशक्ति परिचालन भईरहेको छ । तर, यो वास्तविक भूकम्प नभएर साच्चिकै भूकम्प आएमा कसरी आफु सुरक्षित रहने र घाईते भएकालाई उद्धार गर्ने भन्ने विषयमा कारितास नेपाल दमकले गरेको कृतिम अभ्यास थियो ।

कारितास नेपालले कमल गाउँपालिकामा रहेका जोखिम युक्त विद्यालयमा तिन वर्षदेखि नियमित रुपमा वृहत विद्यालय सुरक्षा कार्यान्वयन गर्दै आइरहेको छ । जस अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, खानेपानि,वाढि प्रभावित विद्यालयमा तटबन्ध जस्ता कार्यक्रम सन्चालन गर्दै आईरहेको कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताउनुभयो ।

कमल गाउँपालिकामा रहेको विद्यालयहरु मध्ये जोखिमा परेका कमल गाउँपालिका वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालय र नवदुर्गे आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालय र ज्योती माध्यमिक विद्यालय वडा नम्वर ७ अरनिको आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा वृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन भएको छ ।

विपद्को जोखिममा रहेका विद्यालयलाई यस्ता कार्यक्रमले धेरै ठुलो सहयोग पुगेको छ भने भूकम्प लगायतका विपद् आएमा कसरी सुरक्षित रहने भन्ने विषयमा समेत गरिएको कृतिम अभ्यासले राम्रो सन्देश दिएको ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का बताउनुहुन्छ ।

तिन वर्षदेखि कारितास नेपालले विपद्संग सम्बन्धित धेरै कार्यक्रम गरेको छ । जस अन्तरर्गत बाढी प्रभावित विध्यालको टतवन्ध गरेको छ भने भूकम्प बाट जोगिनकालागि गरेको कृतिम अभ्यासका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी कारितास नेपालले गरेको योगदान अत्यन्तै महत्व पुर्ण छ । जसका कारण विद्यालयमात्र नभएर विध्यालय वरपरको समाजमा समेत यस्ता कार्यक्रमले निकै प्रभाव पारेको र विद्यार्थी तथा अभिवाकलाई राम्रो सन्देश दिएको ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले जनाकारी दिनुभयो ।

भूकम्पकीय जोखिमको दृष्टि कोणले नेपाल विश्वको ११ औ स्थानमा पर्दछ भने वाढी पहिरोको हिसावले समेत नेपाल निकै जोखिममा छ । यो सगै हावाहुरी, सर्पदंश जस्ता विपद्का घटना समेत आउने गरेको छ ।

सुरक्षित सिकाईका लागि विद्यालको वातावरण राम्रोहुन आवश्यक छ । कितावी ज्ञानले मात्र विद्यार्र्थीलाई पुग्दैन कारितास नेपालले विद्यार्थीलाई दैनिक जीवनमा आईपर्ने धेरै कुराहरु सिकाएको छ । जसका कारणले विद्यालयमा मात्र नभएर आफ्नो घर परिवार र समाजमा समेत सहयोग पुग्ने गरेको ज्योति वालक्लवका अध्यक्ष प्रविण बस्नेतले बताउनुभयो ।

सुरक्षित सिकाईकालागि विद्यालय विपद्को जोखिमबाट मुक्त हुन पर्दछ । विद्यालयको वातावण मात्र राम्रो भएको पुग्दैन त्यसकालागि विद्यालयभन्दा वाहिरको वातावरण समेत विपद् मुक्त हुनु आवश्यक छ । विपद् रहित वातावरणमा गरिएको शिक्षण सिकाईले मात्र विद्यार्थीको सिकाई प्रभावकारी बन्ने शिक्षा क्षेत्रका अगुवाहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here