भारतीय सेनामा भर्तिको नयाँ प्रावधान, अग्निवीर योजना होला गोर्खाहरुको लाभदायक ?

७ श्रावण २०७९, शनिबार मा प्रकाशित

काठमाण्डौं ।

भारत सरकारले सेना भर्तिका लागि नया प्रावधान ल्याएको छ । अग्निविर नाम दिइएको उक्त योजनाको भारतमा भन्दा नेपालमा बढी चासो र चर्चा छ । हुनु पनि स्वभाविक नै हो ।

नेपाली भाषिहरुको छुट्टै गोर्खा रेजिमेंट रहेको भारतिय सेना मा हरेक बर्ष नेपाली युवाहरुले सम्मानका परचम लहराउँदै आएका छन । गैरवमय इतिहास स्थापित गरेको गोर्खाहरू को अब अग्निविर योजनामा के हुने, र कस्तो भुमिका रहने अन्योलताका बिच प्रश्नहरू उब्जदै छन् ।

अग्निपथ योजनाका फाइदाहरू र यसले गोर्खाहरूलाई के गर्छ ?

भारत सरकारको पछिल्लो योजना अनुसार भारतीय सेनामा भर्ती प्रक्रिया अग्निपथ योजना मार्फत मात्र हुनेछ । भारतीय सेनाको ठूलो हिस्सा ओगटेको नेपाली भाषी गोर्खालीहरुले ओगटेको छ जसमध्ये ६०% नेपाल वसोवासको र ४०% भारतीय वसोवासी गोर्खाहरुको सहभागिता छ।

तर, पछिल्लो समय भारतीय अधिवास गोर्खाको ठाउँमा कुमाउनी र गढवाल गोर्खाहरू नियुक्त भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here