छिमेकी भारतको २९६ किमी लामो विश्वस्तरको ‘बुन्देलखण्ड एक्सप्रेस–वे’, नेपालमा खुब चर्चा

0
402

काठमाण्डौं ।

“बसुदैव कुटुम्बकम” का भावनाले ओतप्रोत हामी नेपालीको विचार सारा संसारकै भलो होस भने रहदै आएको छ । हाम्रा सबसे घनिष्ट र प्रभावशाली सम्बन्ध रहने भारत संगको हरेक सुख दुखमा हाम्रो साथ सहयोग रहनु पर्छ ।

भारतले अवलम्बन गरेको बिकासिय मोडेल र उसको उपलब्धीहरू लोभलाग्दा हुन्छन । जसको विश्व स्तरमै विस्तार र प्रशंसा पनि हुने गरेको छ। यही क्रममा भारतको नव चर्चित उपलब्धि नेपालमा पनि चर्चा पाएको छ। प्रायजसो हरेक मिडियामा हर्षका खबर आएपछी भारत नेपालको सम्बन्ध पनि सदैव सुमधुर रहने कुरोमा दुई मत छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड एक्सप्रेस–वेको उद्घाटन गरेका छन् । यस एक्सप्रेस–वेको शिलान्यास २०२० फेब्रुअरीमा मोदीले नै गरेका थिए । द्रुतमार्ग २८ महिनामै तयार भएको छ ।

चार लेनको बुन्देलखण्ड एक्सप्रेस–वे १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । पछि ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो ।

२९६ किलोमिटर लामो र चार लेनको बुन्देलखण्ड एक्सप्रेसवे उत्तर प्रदेश राज्यका सात जिल्लाहरु चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावालाई छुन्छ ।

एक्सप्रेसवे चित्रकूट जिल्लाको गोंडा गाउँस्थित एनएच–३५ बाट सुरु भएर इटावा जिल्लाको कुद्रेल गाउँसम्म पुगेको छ । त्यहाँबाट केहीपर यो आगरा–लखनऊ एक्सप्रेसवेसँग जोडिएको छ ।

एक्सप्रेस–वे सञ्चालनमा आएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करिब आठ घण्टामा पूरा गर्न सकिन्छ, जुन दुरी अहिले १२ देखि १३ घण्टामा मात्र पुरा हुन्छ । अर्थात् यसले यात्रा समयलाई चारदेखि पाँच घण्टासम्मले घटाउनेछ ।

सरकारले यो द्रुत मार्गले कनेक्टिभिटी बढाउनुको अतिरिक्त आर्थिक विकास र रोजगारी पनि बढाउने दाबी गरेको छ । एक्सप्रेस वेको दुवै तर्फ औद्योगिक क्षेत्र विकास गर्ने योजना रहेको छ । विशेषतः सडक छेउमा रहेको जालौन र बान्दालाई औद्योगिक हबको रूपमा विकास गरिने सरकारको योजना छ ।

बुन्देलखण्ड एक्सप्रेसवेले धेरै नदीहरू हुँदै अघि बढेको छ । तिनमा श्यामा, यमुना, बेतवाजस्ता नदीहरू समावेश छन् । २९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ ठूला पुल, २८६ साना पुल र १९ फ्लाईओभर निर्माण भएका छन् । यात्रुहरूले एक्सप्रेसवेमा ६ टोल प्लाजा पार गर्नुपर्नेछ । सडकका धेरै ठाउँमा पेट्रोल पम्प र सार्वजनिक सुविधाको व्यवस्था गरिनेछ ।

कुम्भ मेलाअघि तयार हुनेछ गंगा एक्सप्रेस–वे

बुन्देलखण्ड एक्सप्रेस–वेपछि उत्तर प्रदेश सरकारले गंगा एक्सप्रेस–वेमा ध्यान केन्द्रित गरिरहेको छ । राज्य सरकारले सन् २०२५ मा आयोजित हुने कुम्भ मेलाअघि नै यो परियोजना पुरा गर्ने लक्ष्य लिएको छ ।

गंगा एक्सप्रेसवेले पश्चिममा मेरठलाई पूर्वमा प्रयागराजसँग जोड्नेछ । यूपी एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरणका सीईओ अवनीश अवस्थीले बिहीबार इकोनोमिक टाइम्ससँगको कुराकानीमा ‘५९४ किलोमिटर लामो गंगा एक्सप्रेस–वेले वातावरणीय स्वीकृति पाएको र सरकारले अब परियोजनालाई गति दिने’ बताए ।

गत वर्ष डिसेम्बरमा गंगा एक्सप्रेस–वेको शिलान्यास गरिएको थियो । यो उत्तर प्रदेशको पाँचौं र सबैभन्दा लामो एक्सप्रेसवे हुनेछ, जसले मेरठलाई प्रयागराजसँग सीधा जोड्नेछ ।

गंगा एक्सप्रेस–वे हापुड, बुलन्दशहर, अमरोहा, सम्भल, बुडौन, शाहजहांपुर, हरदोई, उन्नाव, रायबरेली र प्रतापगढ हुँदै अघि बढ्छ । उत्तर प्रदेश सरकारले सन् २०२५ सम्म यो सडक पुरा गरेर भक्तहरूलाई कुम्भमा भाग लिन सजिलो बनाउने लक्ष्य लिएको छ ।

नेपाल र नेपालीका लागि पनि यो एक वर्षको विषय हो । पारम्परिक रूपमै जनजीवन संग जुडेको हाम्रो सम्बन्धले अझ हार्दिकता पाओस भनि कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here