सुरक्षित बन्दै जम्मु, चार हजारभन्दा बढी तिर्थयात्री अमरनाथको लागि प्रस्थान

0
379

एजेन्सी,

जम्मूको आधार शिविर भगवती नगरबाट बुधवार बिहान कड़ा सुरक्षाबीच 4355 श्रद्धालुहरूको थप एउटा समुह पहलगाम र बालटालको लागि प्रस्थान गरेको छ।

यो समुह साना ठूला गरि 166 वटा वाहनमा निक्लिएको छ। सो समुहमा 3123 पुरुष, 1097 महिला, 15 साधु, 25 साध्वी सामेल छन्। यो आधार शिविरबाट हालसम्म 1,24,907 श्रद्धालु अमरनाथ प्रस्थान भइसकेको छ।

यो समुह राजमार्ग अवरुद्ध हुॅंदा केही समयका लागि आधार शिविर चन्द्रकोटमा बस्नु परेको थियो। राजमार्गमा यातायात सुचारू भएपछि सो समुह अमरनाथको निम्ति प्रस्थान गरेको छ। पहलगाम र बालटाल मार्गमा मौसम खराब छ। यद्यपि, श्रद्धालुहरू दुवै मार्ग भएर अमरनाथ प्रस्थान गरेका छ्न। मंगलवार सॉंझसम्म दुई लाख बीस हजार श्रद्धालुले अमरनाथको दर्शन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here