सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु

0
598

सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र १–०२–०४४ प ६६८१ नम्बर को स्कुटर चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here