महत बस्ती जोखिममा

0
430

बनेपा, 

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो ।

“बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन् ।” बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको भवन छेउ भासिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here