अवैध लत्ताकपडा र खाद्यन्न बरामद

0
338

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको मे १च २२८६ नम्वरको मारुती भेनमा करिव पाँच लाख १३ हजार ७ सय मुल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाद्यन्नसहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाद्यन्न र बिभिन्न किसिमका कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here