भद्रपुरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

0
373

भद्रपुर,

भद्रपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी भोटलाल गणेश राजवंशी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजे भद्रपुर- ४ आमडाँगी स्थित इलाम टी–प्रोड्युसर प्रा।लिको निर्माणाधीन भवन देखि अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

उनी सोही निर्माणाधीन भवनमा कामदारको रुपमा काम गर्दै आइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here