विराटनगर । 
प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं– ६ घर भई हाल सुनसरी धरान उप(महानगरपालिका –९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् ।
कार्कीलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटीबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज धरान उपमनपा–१२ छाताचोक स्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः दुई दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।
पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।





























