विराटनगर ।

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१५ बगरकोट शिवगंगा बस्तीका ३१ वर्षीय नगेन्द्र बराईली विश्वकर्मा रहेका छन्।
उनलाई जिल्ला अदालत सुनसरीले २०७८ कात्तिक २७ गते बाल यौन दुरुपयोग मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो।
फरार रहेका उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बिहीबार गाउँघरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
उनलाई सजाय भुक्तानका लागि जिल्ला अदालत सुनसरीमा बुझाइएको छ।





























