कथा: आखिर उनी किन आएनन ?

१४ श्रावण २०७९, शनिबार मा प्रकाशित

                 

बिन्दू अधिकारी ` सत्यता ´

आज अन्तर्राष्ट्रिय मित्रता दिवस । आफ्नो मनमिल्ने साथीहरुलाई सम्झेर भेटघाट गर्ने साथमा खुसी र शुभकामना साटासाट गर्ने दिन । मित्रता के हो सायद् परिभाषित गरिरहनु आवश्क छ जस्तो लाग्दैन । शाब्दिक रुपमा मित्र, मित , साथी, सङ्गी जे भनेपनि हरेकको लागि महत्वपूर्ण तत्व हो । एक साथीले अर्का साथीको साथ पाउनु । दुःख , सुख, हार , जीत , एकान्त भीड, मिलन बिछोड या हरेक उतारचढावहरुको सहयात्री हो मित्रता ।

द्वापर युगमा भगवान श्रीकृष्ण र सुदामा बीचको मित्रता र त्रेता युगमा भगवान श्रीराम र बिभिषण बीचको मित्रताको कथा साथै हिन्दू धर्मग्रन्थहरु र इतिहासमा उल्लेख छ । त्यस्तै राजा महाराजहरु बीचको मितेरी साइनोले पनि स्पष्ट पार्दछ कि साथी या मितको मूल्य कति हुन्छ भन्ने ।

भन्न त परिवार ठूलो त्यसपछि गुरु ठूलो भनिन्छ । तर, यस्ता पनि धेरै परिस्थिति आउँछन जहाँ परिवार आफन्त गुरु या कसैले बदल्न नसकेको कसैको जिन्दगीको अर्थ एक साथीको हातबाट बद्लिन पुग्छ ।
हुन त मित्रताले जात, धर्म, बर्ग, उमेर , लिङ्ग,भुगोल केही पनि हेर्दैन । तर, हाम्रो सामाजिक संस्कारहरु र रुढीबादी सोचले धेरै हदसम्म मित्रताको अर्थलाई नै धमिलो बनाइदिन्छ । एउटा केटा र एउटा केटी असल मित्र बन्न सक्दैनन् भन्ने भ्रम हामीमाझ जिबितै छ । त्यसैले त, एक केटा र केटी साथ देख्दैमा त्यो सम्बन्धको अनेकौं परिभाषा लगाउन कोही पछि पर्दैनौ ।

माया, प्रेम, बिवाह, स्वार्थ, धोका, फाइदा जस्ता शब्दहरुलाई पन्छाएर हेर्ने हो भने केटा र केटीबीच पनि चोखो मित्रता त्याग र समर्पण देख्न पाइन्छ भन्ने भाबअर्थ राख्दछन् यस कथाका पात्रहरु गीत शर्मा र संगीत केसीले पनि । आज मित्रता दिवसको अवसरमा सम्पूर्ण मित्रहरु र मित्रताको साइनोमा बिस्वास गर्ने सबैमा शुभकामना सहित समर्पित गर्दछु ।
यि हुन संघर्ष र सफलताको एक जीबन्त उदाहरण गीत । सेवा , त्याग र मानबताको ज्वलन्त मूर्ति हसिली चञ्चल अनि सा¥है हिस्सी परेकी गीत । …गीत शर्मा ।
सफल गायिका बन्ने र अनाथ गरिब बालबालिकाका लागि एउटा संगीत विद्यालय खोल्ने सपना थियो उनको सानैदेखि । संगीत क्षेत्रमा धेरै माथि पुग्न चाहन्थिन अनि अनाथ र टुहुरा बच्चाहरुको लागि केही योगदान दिन खोज्दथिईन् । आज यस्तो सुनौलो दिन थियो जहाँ उनको दुबै सपना पूरा भएको थियो ।
उनको एकल गीत एल्बमहरु सुपरहिट भएपछि जति पैसा आयो सबै लगानी गरेर एक भब्य संगीत पाठशाला खोलेकी थिइन जसको आज बिधिवत उदघाट्न थियो । आफ्ना आफन्त, साथी , सहकर्मीहरु त लगभग सबै कार्यक्रम स्थलमा भेला भईसकेका थिए । तर, उनको आँखाले कसैलाई खोजिरहेको जस्तो देखिन्थ्यो ।
उनी त्यति सफल , सुन्दर, दानबीर अनि उच्च ब्याक्तित्वको रानीलाई कसैले सोध्ने हिम्मत त कहाँ गर्थे र । तर, उनले सुस्त – सुस्त आफैसङ्ग सोधिरहने प्रस्न कसरी हो बाहिर आई नै हालेछ क्यारे । को आउँदैछ र ? भनेर प्रतिप्रश्न गरिहाल्थे ।

उनी आफै छक्क परेर सोध्धिथिन् हैन, को आउनु र ? कोही होइन ,, किन र ? छेउको ब्यक्तिले सजिलै उत्तर दिइहाल्थे, आखिर ऊ किन आएन भनेर बिस्तारै सोधेजस्तै लाग्यो । त्यही भएर नि ।
ए हैन । कोही हैन । आफैसङ्ग मुस्काउदै पर पर सर्थिन उनी । साच्चै ऊ किन आएन , चारैतिर आँखा दौडाउदै आफ्नो काम गर्दैछिन उनी ।
उसले आउछु भनेर बाचा गरेर पनि नआएको यो पहिलो पटक भने थिएन । केही समयदेखि उनले जति बोलाउदा पनि जसरी अनुरोध गर्दा पनि गीतको सफलताको ति पलहरुमा साथ दिन ऊ आएकै थिएन ।
लगभग २ बर्ष भयो होला उनको हरेक अवसरमा ऊ कतै देखिन्दैन थियो । जति बोलाउँदा पनि आउदैन भन्ने त गीतलाई राम्ररी थाह थियो । तर, पनि हर खुसी र अवसरको बारेमा उनले जानकारी गराएको पहिलो ब्यक्ति ऊ नै थियो ।
ऊ हो मिलनसार , जिम्मेबार , आकर्षक र अति भावुक संगीत । गीतको सहकर्मी । एउटै एनजीओमा काम गरेको । सामाजित अभियन्ता , समाजसेवी मानबसेबी– संगीत ।
त्यो गीतलाई यो गीत बनाउने संगीत । हराउन लागेकी गीतलाई लाखौंको आँखाको तारा बनाउने संगीत । हार्दाहार्दै थाकेकी गीतलाई जीत दिलाउने संगीत – संगीत केसी ।
गीतको लागि संगीत धेरै कुरा थियो , उनको साथी , सहकर्मी , उनको दुःख–सुखको साझेदार ,उनको प्रेरणाको स्रोत, अनि, उनलाई जिउन सिकाउने एक गुरु । त्यसैले त गीत संगीत को धेरै इज्जत र सम्मान गर्दथिन् ।

त्यसो त साथी आफन्त इस्टमित्र त कति थिए गीत को तर जब उनीलाई आफू हारेको र एक्लो भएको महसुस हुन्थ्यो त्यो बेला उनलाई बाच्न सिकाउने संगीत नै हुन्थ्यो । जानीजानी होस् या त अन्जानमा सानो ठूलो जस्तो काम पर्दा पनि उनलाई साथ दिने संगीत नै हुन्थे ।

उद्घाटन कार्यक्रम धुमधामले चलिरहेको थियो । औपचारिक अनौपचारिक सांस्कृतिक प्रस्तुति साथमा गीत संगीत हास्यव्यंग्य र धेरै रोचक प्रदर्शनहरु भए । गीतको स्कूल कलेज छिमेकका साथीहरु प्रायस आइसकेका थिए भने उनले काम गरेको संस्था जिएम् फाउण्सनबाट त लगभग सबै उनको आसपास बधाई र शुभकामना साटासाट गर्दैमा ब्यस्त थिए ।
संगीत सर आउनु भएन रु ? उनीले नजिकको सहकर्मीलाई त सोधेकी थिइन् । तर, जवाफ थियो – एकछिन अघिसम्म त संगै थियौ । खै कहाँ गएको हो । काम छ अर्जेन्ट भन्दै हुनुहुन्थ्यो ।
ए हो । आउनु हुन्न कि क्या हो ? मलिन आवाजमा उनको प्रतिक्रिया थियो ।
संगीतको उपस्तिथि बिना गीतलाई सफलताको यो उत्सव फिका फिका नै लाग्दैछ । किनकि संगीतले त्यो बेला दिएको साथ र हौसला बिना गीतको यो प्रगति अधुरो अधुरो नै हुन सक्थ्यो । मित्रता त्याग र समर्पणको शिलसिला त्यो बेला शुरु भयो
जति बेला गीत एक औषध र सङ्र्षरत गायिका थिइन् । या भनांै एक एनजीओको सामान्य कर्मचारी मात्र थिइन् ।

दुबैको कार्यक्षेत्र , रुचि , क्षमता , योग्यता र कार्यभार उस्तै उस्तै थियो त्यसैले चाहे पनि नचाहे पनि संस्थाको तर्फबाट उनीहरुले जिम्मेवारी बहन गर्नै पर्दथ्यो । सङ्गीत र उनी प्रायस साथसाथै हुन्थे कामको शिलशिलामा । तारिफ पनि पाउथे अलिअलि । बढी त आलोचना र गुनासो नै बटुल्थे ।
गीत संगीत भन्दा कुनै कुरामा पछाडि त थिइनन् । तर, पनि संगीतको हरेक सल्लाह र सुझावहरु आँखा चिम्लेर मान्दथिन् । उसले गरेको हरेक गल्तीहरु र उसले निम्त्याएको कठिन परिस्थिति पनि सजिलै स्वीकार गर्दथिन । संगीत पनि गीतको धेरै इज्जत र सम्मान गर्दथे । प्रायस कोही केटीहरु साथी नबनाउने संगीतलाई गीतको साथ र मित्रतामा भने आफूभन्दा बढी बिश्वास थियो ।
शुरुका दिनहरुमा त गीतलाई संगीत देख्ने बितिकै पारो चढेर आउथ्यो । एक नम्बरको घमन्डी, कपटी, स्वार्थी र रिसाहा लाग्थ्यो उनलाई संगीत । उसको ब्यवहार बोली मित्रता र साथ गीतलाइ पटक्कै मन पर्दैन थियो । तर, पनि संगीतको आत्मबिस्वास , सहयोगी हात , उदार मन र उच्च ब्यक्तित्वको भने उनी प्रायस तारिफ नै गर्दथिन् ।
समय सधै एउटै कहाँ रहन्छ र ? १५ बर्षसम्म एउटै संथामा काम गर्दा धेरै दुःख–सुख , आँसु– हासो , हारजीत , उकाली ओरालीहरुमा लगभग साथसाथ हुन्थे दुबै । संगीतका हरेक सानो ठूलो गल्तिहरु सच्च्याइदिने गीत नै हुन्थिन् भने, गीत को हर दुःख र समस्याको समाधान संगीतको सुझाब सल्लाह र साथ बाटै हुन्थ्यो ।
उनी संगीतको लागि कति महत्वपूर्ण थिइन त्यो त उनलाई थाहा थिएन । किनकि संगीतको जीबनमा साथी र शुभचिन्तकको कमी कही कतै थिएन । तर, गीतलाई संगीत को कमी धेरै ठाउँमा महसुस हुन्थ्यो । संगीतलाई असल साथीसम्म मान्न अस्वीकार गर्ने यो गीत र कसैलाई नजिकको साथी मान्नै नचाहने संगीत कुनै दिन यति गहिरो मित्रताको बन्धनमा बाधिएलान भन्ने गीतले सपनामा पनि सोचेकी थिइनन् ।
जतिबेला जिन्दगीले पाइला पाइलामा गीतको परीक्षा लिदै थियो । जतिबेला आफन्त साथी छिमेकी सबै गीतको असफलता लाई जिस्काइरहेका थिए । आफूलाइ जन्मदिने आमाको काख र कर्म दिने बाबाको काध मृत्युले खोसेर लगिसकेको थियो । जागिर करियर र कमाइको जालो भित्र अल्झिएर एक्लै एक्लै रुदैथिइन् उनी ।
चकमन्न घाम लागेको उज्यालोमा पनि डराउथिन् अनि धेरै मानिसको बीचमा पनि एक्लो महसुस हुन्थ्यो उनलाई । जब उनीबाट हरेक खुसी सपना र रहरहरु एक एक गर्दै छुट्दै थिए तब एउटा मात्र आवाजले उनलाई हसाउथ्यो । जब जिन्दगीदेखि हारेर उनि मृत्युलाई अंगाल्न खोज्दै थिइन तब मित्रताको एउटै मात्र हातले उनीलाई नयाँ जीवन दिएको थियो । त्यो अरु कोही नभएर सङ्गीत नै थियो ।

 

हाम्रो समाज नै त्यस्तै छ । एउटा केटा र केटीबीच मित्रता बिस्वास सहयोग र समर्पणको मात्र पनि सम्बन्ध हुन सक्छ भन्ने कुरा कसैले पचाउनै सक्दैन । हरेक नातालाइ माया प्रेम बिवाह धोका र फाइदाको नजरबाट मूल्यांकन गर्ने यही नियमले गीत र संगीत को त्यो चोखो मित्रतालाई पनि सङ्काको घेराभित्र ल्याएर नै छोड्यो ।

 

एक अर्कालाई लिएर न त गीतको आखामा यस्तो कुनै सपना थियो न त संगीतको मनमा कुनै चाहना । तर साथी इस्टमित्र र सहकर्मीहरुको तीखो बोली र छड्के प्रहार त दुबैले सहनु नै प¥यो । आफूले यति धेरै सम्मान र बिश्वास गरेको साथीको आफ्नै कारणले आलोचना र व्यंग्य हुनु गीतलाई पटक्कै मन्जुर थिएन ।

स्कूल र कलेज भन्दा बाहिरको ब्यवसायिक दुनियामा उनीले साथी सम्झेर बिश्वास गरेको ब्यक्ति संगीत मात्रै थियो । संगीतले पनि आफ्नो मनैदेखिको साथी गीत मात्रै हो भनेर निसंदेह सबैलाई भन्दथ्यो । तर गीतको जीबनमा आउदै गरेको खुसी र रमझम सायद नियतिलाइ मन्जुर थिएन । त्यसैले त हरेक काम, हरेक निर्णय र हरेक परिस्थितिमा दौडेर संगीत सामु पुग्ने गीतले अन्तत आफूले बर्सौबर्स काम गरेको अफिस र जागिरबाट टाडा हुने निर्णय गर्दै राजीनामा पत्र पठाइन ।
सबैबाट बिधाइ भएर जाने उनलाई रहर त थिएन न त संगीतको सामु बिदाईको हात मिलाएर एक्लै अघि बड्नने हिम्मत । त्याग समर्पण र मित्रताको लागि बलिदान दिनु सायद गीतको बिबसता थियो । गीतले अफिस छोडी अरे । भन्ने खबर अरुले त बिस्तारै थाह पाए । तर, एक्लोपन र उदासिको बज्रपात गीतको जीबनमा भने एकै पटक बर्सिएको थियो ।
आज पाच बर्षपछि पहिलो पटक आफ्नै ठाउमा गरिएको भब्य कार्यक्रममा चिर परिचित सबैलाई निमन्त्रणा पठाएकी थिइन । उनको त्यो नाटकीय प्रगति खुसी सफलता र सुन्दरताको अघिपछि प्रसंशा गर्नेहरुको ओइरो नै थियो भने कति त उनको त्यो सफल जीवन प्रति ईष्र्या पनि गरिरहेका थिए । तर, धेरैको भीड र त्यो रमझमको बीच पनि उनको भाबुक नजरले कसैको बाटो हेरिनै रहेको थियो २÷३ घण्टादेखि ।

कुनै पल जिन्दगीदेखि हारेर एकान्तमा टोलाइरहने त्यो गीत शर्मा आज जितको उचाईमा टेकेर हजारौ मानिसको भीडमा मुस्काइरहेकी थिइन् । उनी यति बलियो भइसकेकी थिइन कि संसारको ठूलोसानो चोटहरुले उनको आँखा रसाउदैन थियो । उनको लागि हरेक बस्तु हरेक ब्याक्ति र हरेक सम्बन्ध हरुको अर्थ बदलिएको थियो ।

तर, एउटै मात्र यस्तो कोही थियो जसको सामु उनको शिर सधै निहुरिन्छ । त्यो हो संगीत केसी ।
बिगतमा उनको हर सानो ठूलो कार्यक्रममा साथीहरु सहित सहभागी भएर नाच गान हासो ठट्टा गर्ने त्यो संगीत आजभोलि उनको कुनै समारोहमा सरिक हुदैनन थिए । टाडा रहेर अप्रत्यक्ष रुपमा हरसम्भब उनलाई साथ दिने ती संगीत उनले बोलाएको ठाउमा कही कतै आउदैनन् थिए । साथीहरु र सहकर्मी सङ्ग उनको बारेमा चर्चा गरिरहने ती संगीत उनी भेट्न आएको दिन अरुनै ठाउँमा पुगेका हुन्थे ।
गीतले हरेक कार्यक्रममा पहिलो निमन्त्रणा संगीतलाई नै पठाउथिन् । म आउछु भनेर जहिल्यै बाचा त गर्थे तर विशेष अवसरमा संगीत कहिले उनी सामु आउदैन थिए । संगीतलाई भेटेर बिगतको त्यो साथ सहयोग हौसला र मित्रताको लागि धन्यवाद ब्यक्त गर्न चाहन्थिन उनी । जिन्दगीदेखि उनी हारे को ती पलहरुमा र सबैबाट एक्लिएको त्यो दिनहरुमा आफूलाई साथ दिएकोमा आभार प्रकट गर्न खोज्दै थिन उनी ।

तर अफसोस , संगीत त आउदै आएनन् । कार्यक्रम सकियो सबै आ आफ्नो ठाउमा फर्किए । तर, अफसोस – संगीत त आउदै आएनन् । यति निस्ठुरी यति स्वार्थी त पक्कै पनि होइनन् उनी । गीतको मित्रता र साथको यति अपमान गर्ने त हुँदैन होइनन् । हरेकको सुखदुःखमा साथ दिने संगीत गीतको ती दुःखका दिनहरुमा त हरपल साथ थिए ।तर, आज उनको जीत सफलता र खुसी बाड्न त आउदै आएनन् । यतिकै दिन बित्यो रात बित्यो तर पनि संगीत त आउदै आएनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here