बिर्तामोड हिंडेकी कुमारी वेपत्ता भएपछि…

0
468

विमल दाहाल,
माई ।

घटना – १

माई नगरपालिका वडा नम्बर–५ की ३५ वर्षीया कुमारी विक विगत ४ महिनादेखि बेपत्ता छिन् । बिर्तामोड जान्छु भनेर हिँडेकी विक गाडी चढेर काठमाडौसम्म गएको परिवारले पत्ता लगाए पनि हाल उनको अवस्था के छ भन्ने कसैलाई थाहा पत्तो छैन ।

उनका श्रीमान भने विदेशमा रहेका छन् । घरमा हुँदा सामाजिक सञ्जालमा धेरै समय बिताउने गरेकी कुमारीको फेसबुकबाटै कोहीसँग चिनजान भएको छोराले बताउँदै आएका छन् । उनको खोजीका लागि सरोकारवालालाई छोराले आग्रह समेत गरेका छन् ।

घटना –२

विदेशमा काम लगाई दिन्छु भन्दै माई–६का किशोरीलाई घरबाट काठमाडौ पु¥याएका चार किशोरीलाई केही समय अघि उद्धार गरिएको छ ।

साइप्रस मुलुकमा काम लगाइदिन्छौ भन्दै काठमाडौ हँुदै एजेन्टले मुम्बई लाने तयारी गरेको थाह पाई किशोरीलाई फिर्ता ल्याइएको हो । उनीहरूलाई आर्थिक लाभ हुने प्रलोभनमा पारी परिवारलाई समेत थाहा नदिई बेचबिखन गर्न लगिएको स्रोतले जनाएको छ । युवा सशक्तीकरण सञ्जालका उपाध्यक्ष बुद्धराज योङ्हाङ लगायतको समूहले ती किशोरीहरुलाई उद्धार गरेको थियो ।

घटना– ३

माईका विभिन्न स्थानमा घुम्दै हिँड्ने, परिचय नखुलेका २ युवतीलाई युवा सशक्तीकरण समेतको सहयोगमा मानव सेवा आश्रम विराटनगर लगिएको छ । मानसिक अवस्था कमजोर रहेका ती युवतीहरु केही महिनादेखि यौन दुव्र्यवहार लगायतका हिंसामा परेको आशंकामा उद्धार गरिएको हो ।

यी माथिका घटना युवा सशक्तिकरण सञ्जालको सक्रियता तथा सहकार्यमा मानव वेचविखन अन्तरगत उद्धार गरेको प्रतिनिधि घटना मात्र हुन् । विश्व मानव बेचविखन दिवसमामाथिकाका अभियान प्रतिनिधि घटना न्यूनीकरणका लागि सबैको भूमिका आवश्यक रहेको बताइएको छ ।

कार्यक्रममा युवा सशक्तीकरण सञ्जालको प्रसंसा गरिएको थियो । सामाजिक रुपान्तरणका लागि युवा भन्ने नाराका साथ जीवीकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वउद्यमशीलता सम्बन्धी युवा सशक्तिकरण समूहको क्षमता विकास र परिचालनमार्फत बेचविखनविरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको छ । अहिले समाजमा सामाजिक सञ्जाल, धेरै पैसा कमाउने उद्देश्य, गरिवी तथा मानसिक अवस्थाका कारण हजारौ व्यक्ति बेचविखन तथा दुव्र्यवहारमा परिरहेका छन् । समाज बढीभन्दा वढी असुरक्षित बन्दै गएको छ । माई नगरपालिका, मानव अधिकार मञ्च, युवा सशक्तिकरण सञ्जाल माई लगायतको सहकार्यमा यो दिवस मनाइएको हो । जुलाई ३० तारिखमा मानव बेचविखन दिवस नेपालमा पनि मनाइने गरेको छ । २०१३ जुलाई ३०देखि यो दिवस मनाइँदै आएको हो ।

गरिबी, अशिक्षा, बेरोजगारी, यौनदुव्र्यवहार, वैदेशिक रोजगारीको वहानामा महिला बेचविखन हँुदै आएको छ । युवा सशक्तिकरण सञ्जालले वेचविखन रोकथामका लागि २०७६ सालदेखि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । अभियान अन्तर्गत लागूपदार्थ दुव्र्यसन सम्बन्धी घरदैलो कार्यक्रम, विद्यालय कार्यक्रम, सडक–नाटक, वैदेशिक रोजगारीमा जानुअघि परामर्श, मानव बेचविखनबिरुद्ध अभियान, नगर सरसफाई, स्वरोजगार तालिम सञ्चालन, मानव बेचबिखन रोकथाम सचेतना, उद्धार र संरक्षण लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्पन्न कार्यक्रममा विगतमा युवा सशक्तिकरण सञ्जालमा रही काम गर्दै आएका तथा स्थानीय तह निर्वाचन– २०७९मा निर्वाचित भएका ६ जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी वेस क्याम्प दानावारीका प्रमुख प्रहरी निरीक्षक विराजमान कटुवाललाई स्वागत र दुव्र्यसन सम्बन्धी सडक नाटकका कलाकार लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिकाका वडाध्यक्ष हेमबहादुर लायो मगर, अतिथि बडा नम्बर १का वडाध्यक्ष रामबहादुर राई, युवा सशक्तिकरणक सञ्जालका बुद्धराज योङ्हाङ, अस्मिता राई लगायतले मन्तव्य राखेका थिए । युवा सशक्तिकरण सञ्जालका अध्यक्ष दीपेन्द्र लिम्बूको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव पवित्रा बुर्जाले गरेकी थिइन् । उपाध्यक्ष योङ्हाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वडाध्यक्षहरु देवकुमार तामाङ, भूपाल पूर्वाछाने मगर, सशस्त्र प्रहरी दानाबारी प्रमुख विराजमान कटुवाल, ट्राफिक प्रहरी कुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here