वेइजिंग ।
चीनको सबैभन्दा शक्तिशाली रकेट यसै साताको अन्त्यमा वायुमण्डलबाट पृथ्वीमा खस्ने भएको छ ।
चीनले यो साताको अन्त्यमा पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्दा सबैभन्दा शक्तिशाली रकेटको अवशेषलाई नजिकबाट ट्र्याक गर्ने बताएको हो ।
ठूलो २२ टन (लगभग २०,००० किलोग्राम) ५बी रकेटले तेस्रो उडान लिएको थियो जब यो जुलाई २४ मा विष्फोट भयो । रकेटको भग्नावशेषको स्थान पहिल्यै पत्ता लगाउन असम्भव रहेको जनाइएको छ ।































