नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापामा सुशील

0
487

बिर्तामोड।

झापामा चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ जिल्ला समिति गठन भएको छ ।

बिर्तामोडमा कार्यरत झापाली सिएहरूको भेलाले सुशीलकुमार अग्रवालको अध्यक्षतामा समिति गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिव गंगाराम बस्नेत (अमित), कोषाध्यक्ष राहुल साहेवाला रहेका छन् । त्यसैगरी सदस्यहरूमा एन्जिला मैनाली, श्रीप्रसाद निरौला र समिर संग्रौला सर्वसम्मत चयन भएका छन् ।

संघको उद्घाटनकै अवसरमा जिल्लाव्यापी अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापाका अध्यक्ष सुशीलकुमार अग्रवालको अध्यक्षतामा आयोजित संघ घोषणा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दीपक पाण्डेले कार्यसमिति पदाधिकारी सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभकुमार रिजाल, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, नेपाल अडिटर एसोसियसन झापाका अध्यक्ष होमनाथ उप्रेती, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ प्रदेश १ अध्यक्ष मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष अश्विनी वंशललगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गरेकी थिइन् । हाल झापामा २० जना भन्दा धेरै सिएहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here