पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाको विभिन्न वडाहरुमा पछिल्लो केही दिनयता चोरीका घटनाहरु बढ्दै गएका छन्।
आज सोमबार विहान राति ३ वजे वडा नं ४ को गोविन्द लुईटेलको घरबाट सहकारी संस्थाको किस्ता तिर्न राखेको नगद २७ हजार रुपैयाँ सहित ८० हजार रुपैयाँ बराबरको २ थान मोबाइल सेट, ३० हजार रुपैयाँ पर्ने सुनको माला, ६ तोला चाँदीको व्रासलेट चुराहरू चोरी भएको हो।
उनको परिवारबाट मात्र १ लाख ५० हजार रुपैयाँ बराबरको सामान चोरी भएको छ ।चोरी भएको केही समयपछि घटनास्थल पुगेको प्रहरीसमक्ष पीडित लुईटेलले चोरीमा संलग्नहरूको खोजी गरी आवश्यक कारवाही गर्न माग गर्दै आजै एक जाहेरी समेत दिएका छन्।
यसैगरी, छिमेकमा रहेको वडा नं ७ स्थित अर्को एक थरका राईको घरमा नगद १० हजार रुपैयाँ सहित २ थान मोबाइल चोरी भएको पीडित गोविन्द लुईटेलले बताउनुभयो।
चोरीमा संलग्नहरूको खोजी जारी राखेको पथरीशनिश्चरे नगर स्थित ईलाका प्रहरी कार्यालय पथरीले २ जनालाई नियन्त्रणमा आवश्यक अनुसन्धान गरिरहेको डिएसपी वेदप्रकाश गौतमले जानकारी दिनुभयो।






























