एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र एकपक्षीय रुपमा सार्वजनिक गर्न मिल्दैन :परराष्ट्र मन्त्रालय

२१ श्रावण २०७९, शनिबार मा प्रकाशित

काठमाडौं,

परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्द गरिएको पत्र अमेरिकालाई पठाइएको प्रति कुनै शंका नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले पत्र पठाइएकोबारे परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वयंले संसद्मा जानकारी गराइसकेको विषय भएकाले यस बारेमा कुनै शंका नगर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले आग्रह गरेको हो ।

शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कुटनीतिक पत्र एकतर्फीरूपले सार्वजनिक गर्न नहुने बताएकी छन् ।

संसदीय समितिमा अमेरिकालाई पठाइएको पत्र सार्वजनिक हुनुपर्ने बहस चलिरहेको बेला प्रवक्ता लम्सालले अन्तर्राष्ट्रिय कुटनीतिक मामिलाका विषयमा एकपक्षीय ढङ्गले पत्रहरू सार्वजनिक गर्न नमिल्ने बताइन् ।

बिहीबार संसदीय समितिले सरकारले एसपीपी रद्द गरेको भनिएको अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको थियो ।

संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here