चारपाने सामुदायिक सेवा सदनको अध्यक्षमा पुनः देवीप्रसाद गिरी

0
618

झापा, चारपाने सामुदायिक सेवा सदनको अध्यक्षमा पुनः देवीप्रसाद गिरी चयन भएका छन् ।
संस्थाको प्रथम साधारण सभाले नागरिक सभाका अगुवा समेत रहेका गिरीलाई पुनः अध्यक्षमा चयन गरेको हो । बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको सो संस्थाको यस अघि गिरी तदर्थ समिति अध्यक्ष थिए । उनको कार्यकालमा एक करोड रुपैयाँ भन्दा बढीको लागतमा तीन तल्ले सामुदायिक भवन निर्माण गरिएको छ ।
शनिवार संस्थाको सभाहलमा सम्पन्न सभाले गिरीको अध्यक्षतामा पुनः १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमप्रकाश सिटौला, सचिवमा जगन्नाथ अधिकारी, सह सचिवमा देवीप्रसाद खरेल र कोषाध्यक्षमा कुमारी राजवंशी चयन भएका छन् ।
समितिको सदस्यमा डिल्लीराम सिटौला, सुशीला थापा,हेमराज गिरी, तेजकुमार लिम्बू, अम्विकादेवी प्रसाई, सीतादेवी पौडेल, हरिभक्त उप्रेती र गोपिकृष्ण कोइराला चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा राजु गिरी र सदस्यमा नरहरी न्यौपाने तथा भाष्कर लुईटेल चयन भएका हुन् ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको संयोकत्वमा रहेको निर्वाचन समितिले समितिको नाम सार्वजनिक गरेको थियो । सो निर्वाचन समितिमा भाष्कर राज लुईटेल र चित्रकला ओली रहेका थिए ।


संस्थाको बन्दसत्र अघि भएको कार्यक्रमा नेपाली कांग्रेसका तर्फबाट धर्म लक्सम्बा, नेकपा एमालेका तर्फबाट उप्रेन्द्र पराजुली, राप्रपाका तर्फबाट भवानी राजवंशी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, सामाजिक व्यक्तित्व डिल्ली सिटौला, प्रेम प्रकाश सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जगन्नाथ अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here