माध्यमिक शिक्षक यूनियन मोरङ (हिस्टुन)को जिल्ला अधिवेशन सम्पन्न

0
497

छविराज ढकाल/ पथरीशनिश्चरे,

माध्यमिक शिक्षक युनियन नेपालकाे मोरङ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार युनियनका जिल्ला उपाध्यक्ष भेषराज सञ्जेलको सभापतित्वमा खुला सत्र समापन भएको थियो।

अधिवेशनमा युनियनका केन्द्रीय सहअध्यक्ष योगेन्द्र बस्नेत, केन्द्रीय महासचिव टीका न्यौपाने,केन्द्रीय उपाध्यक्ष राजेश बस्नेत पूर्व उपाध्यक्ष थिरनाथ दाहाल, केन्द्रीय सदस्यहरु, एक नम्बर प्रदेश पदाधिकारीहरु तथा मोरङ जिल्ला साबिक उमावि कार्यरत शिक्षकहरुको भव्य उपस्थिति रहेको थियो।

तुलसी खतिवडाको अध्यक्षतामा २९ सदस्य जिल्ला कमिटी गठन पनि भएको थियो। साबिक उमाविका शिक्षक व्यवस्थापन जस्तै गरी अब युनियन चलायमान हुने वक्ताहरुले उदघोष गर्नुभएको थियो ।

उक्त अवसरमा अन्य जिल्ला भन्दा अगाडि रहेर मोरङ हिस्टुनले काम गर्ने प्रतिबद्धता जाहेर पनि नवनिर्वाचित अध्यक्ष खतिवडाले गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here