भद्रपुर ।

मेची प्रादेशिक अस्पताल सुधार समिति र संवाद समूह बीच छलफल भएको छ ।
भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको विविध पक्षको सुधारका लागि गठन भएको सुधार समितिसँग सोही विषयमा छलफल भएको हो ।
छलफलमा मेची प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न एवम् गुणस्तरीय बनाउने अभियानमा जुटेको सुधार समितिलाई सधैं सहयोग र सहकार्य गर्ने आपसी सहमति भएको युवा सामाजिक व्यक्तित्व डिल्ली घिमिरे हिक्मतले बताउनुभयो
“अस्पताल सुधारको अभियानलाई निर्णायक निष्कर्षमा पुर्याउने सहमति भएको छ”, उहाँले भन्नुभयो, “विपन्न वर्गको आशा र भरोसा एक मात्र अस्पताल सुधार गर्नुको विकल्प छैन ।”
हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरिए पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवा सधैँ बञ्चित हुँदै आएको अर्का सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताउनुभयो ।
“संविधानले नै प्रदान गरेको स्वास्थ्यको अधिकार प्राप्त गर्न मेची अस्पतालको सुधार हुन जरुरी छ”, उहाँले भन्नुभयो, “कुनै पनि हालतमा मेची अस्पताललाई सर्वसाधारणले गुणस्तरीय सेवा पाउने थलो बनाउनै पर्छ ।”
शुक्रबार संवाद समूहका अर्जुन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एकराज गिरीले गर्नुभएको थियो । छलफलमा सुधार समितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।































