मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

0
238

मेचीनगर ।

प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक सञ्चारमाध्यमको उन्नति र विकासका लागि सक्रिय रहने विश्वास दिलाउनुभयो ।

हरेक गाउँघरमा समाचार रहेपनि त्यहाँ सञ्चारकर्मीको ध्यान नपुगेको भन्दैं हरेक सञ्चारमाध्यम आवाज विहिनहरुको आवाज बन्न नगरप्रमुख बुढाथोकीले आग्रह गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले पत्रकारीता राज्यको चौथो अंग भएकाले त्यसको मर्यादाप्रति हरेक सञ्चारकर्मीले ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । पत्रकार बन्न तोकिएको मापदण्ड पुरा गर्न आग्रह गदैं उपप्रमुख उप्रेतीले पत्रकारहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले कार्यक्रमको सभापतित्व गर्दै कार्य समितिकातर्फबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७७ साल असोज १० गतेबाट आफ्नो नेतृत्वमा भएको समितिले दुईवर्षको अवधिमा भए गरेका कार्यलाई अध्यक्ष उप्रेती प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

कार्यत्रलमको उद्घाटन सत्रमा मेचीनगर वडानम्बर ६ का वडाअध्यक्ष ललितबहादुर तामाङ, अग्रज पत्रकार मोहनकाजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, अग्रज पत्रकार जीएन शर्मा,पूर्व अध्यक्ष मुक्ति पौडेल, ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोहि अवसरमा क्लबले प्रदान गर्ने मेचीनगर पत्रकारिता पुरस्कार ज्ञानेन्द्र निरौला र मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कार युवराज आचार्यलाई प्रदान गरियो । मेचीनगर पत्रकारिता पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ तथा मेचीनगर पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान पत्र रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, संस्थापक अध्यक्ष सन्तोष आचार्यले अविर टीका र खादा पहिर्याउनुभएको थियो ।

पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक तथा संस्थापक अध्यक्ष आचार्यले दुवैजनाको नाम घोषणा गर्नुभएको थियो भने अग्रज पत्रकार जीएन शर्माले उहाँहरुको जीवनीमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव जिआर धितालले गर्नुभएको थियो भने पत्रकारजन्य संघ संगठनका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिहरुलगायत ठूलो संख्यामा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here