पेशागत महासंघ झापाको अध्यक्षमा भण्डारी

२२ श्रावण २०७९, आईतवार मा प्रकाशित

झापा ।

पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् ।

महासंघको शनिवार विर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन् ।

त्यस्तै महेश लामिछाने, कृष्णप्रसाद पराजुली, धनराज इम्बुङ, मदन पौडेल, बाबुराम पोखरेल, ललितकुमार लिम्बू, टीकामाया दवाडी र सावित्रा फूँयल सदस्यमा चयन भएका छन् । तारानाथ दाहाल र उमानाथ भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।

अधिवेशनले रञ्जना डाँगी, तारादेवी विश्वकर्मा, सुभाषकुमार विक, रमेश आचार्य, मानबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, फणिन्द्रबहादुर कटुवाल र लक्ष्मीपसाद अधिकारीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । बिर्तामोडमा आयोजित अधिवेशनको एमाले झापा अध्यक्ष दीपक कार्कीले उद्घाटन गरेका थिए ।

पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणा भइसकेकोले सबै पेशाकर्मीहरुलाई चुनावी अभियानमा लाग्न निर्देशन दिए ।

पेशागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य राजकुमार गिरी, महासंघका राष्ट्रिय समिति सदस्य डम्बर देउजा, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको समारोहको सञ्चालन सचिव तुलसीप्रसाद भण्डारी र स्वागत सहसचिव नेत्रप्रसाद पोखरेलले गरेका थिए । अधिवेशनको बन्दसत्रले अध्यक्षको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here