भारत लैजाँदै गरेको २६ कार्टुन बियरसहित पिकअप नियन्त्रण

0
371

झापा,

भारतको बिहारमा मदिराजन्य पदार्थ बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्धित छ ।

बिहारमा प्रतिबन्धित भएपछि नेपालबाट मदिराजन्य पदार्थ तस्करीको माध्यमबाट जाने गरेको छ । यसैक्रममा प्रहरीले दक्षिणी झापाको कचनकवलस्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट २६ कार्टुन बियरसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

कचनकवल गाउँपालिका–४ स्थित लोदावारिको जिरो भन्ने नाकाबाट अवैध रुपमा बियरका कार्टुनहरू को १ च ६२३४ नम्बरको पिकअप लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिवार बेलुका ६ बजे सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाबाट खटिएका संयुक्त टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

पिकअपमा ९ कार्टुन गोर्खा स्ट्रङ बियर, १७ कार्टुन अर्ना बियर, साइन फिटो कोक १ कार्टुन, स्प्राईट ३ बन्डल, कोकाकोला २ बन्डल बरामद गरिएको डीएसपी पाठकले बताए । पिकअपसहित अन्दाजी ७ लाख ७८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको ती सामान र चालक इलाम जिल्ला देउमाई– २ बस्ने २३ वर्षीय कपिल मगरलाई आवश्यक कारबाहीको लागि आइतबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here