वेलाबारीका कार्यपालिका सदस्यविरूद्ध जबरजस्ती करणीको उजुरी

0
337

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य विजय तोलाङ्गी बिरुद्व जबरजस्ती करणीको उजुरी परेको छ। उजुरी परेपछि उनी फरार भएका छन्।

उर्लाबारी घर भएकी २४ वर्षीया एक किशोरीले उनी बिरुद्व शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा जबरजस्ती करणीको उजुरी गरेकी हुन्।

मोरङको पर्यटकीय क्षेत्र जेफालेमा लगेर आफू माथि साउन १८ गते जबरजस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छिन्।

प्रहरी कार्यालयमा उजुरी परेपछि कार्यपालिका सदस्य तोलाङ्गी फोन अफ गरी फरार भएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् ।

किशोरीले दिएको उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here