४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ

२३ श्रावण २०७९, सोमबार मा प्रकाशित

सुनसरी,

सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् । गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सगै प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परिएको हो । थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अबस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ । लागुऔषध कारोबारमा समंलग्न रहेका चारै जना उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here