अबैध रुपमा भन्सार छलि लगिएको सामान बरामद

२३ श्रावण २०७९, सोमबार मा प्रकाशित

झापा,

झापाको कचनकवल गाँउपालिका ४ स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रहरीले अबैध रुपमा भन्सार छलि लगेको सामान प्रहरीले बरामद गरेको छ । गत २१ गते बेलुका ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ६२३४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको बियर २६ कार्टुन, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल र कोकाकोला २ बण्डलको अन्दाजी ७ लाख ७८ हजार ६ सय बराबरको समान र पिकअप र चालक इलाम देउमाई नगरपालिका(२ बस्ने २३ बर्षीय कपिल मगरलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here