दुर्घटनाको जोखिम बढ्दै

२५ श्रावण २०७९, बुधबार मा प्रकाशित

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

समयमा मर्मतसम्हार नहुँदा बिर्तामोडको भित्रि सडकखण्डमा दुर्घटनाको जोखिम बढ्को छ ।

बिर्तामोड–९ स्थित विराटपोखरबाट आर्दशचोक–हल्दिबारी सडकखण्ड जोड्ने कच्ची सडकमा केही समयअघि आएको बाढीले क्षति पु¥याएपछि लामो समय भइसक्दा पनि मर्मत नगरिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

उक्त सडकमा दुर्घटना हुनेक्रम बढेको स्थानीय तेजप्रसाद सिटौलाले बताए । पहिले उक्त बाटो यात्रा नगरेका एक व्यक्तिलाई उद्धार गरी राति मोटरसाइकल सिटौलाको घरमै राखेर आफन्तलाई बोलाएर पठाइएको उनले बताए ।

उक्त बाटो पहिले यात्रा नगरेका र बाढीअघि मात्र हिँडेका रातको समयमा मोटरसाइकल, ट्याम्पो दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको स्थानीय युवा बालकृष्ण आले बताउँछन् ।

छेउमा उच्च ठाउँमा राखिएको कल्भर्टबाट कज्वे तर्फ ओरालो भाग पर्ने भएकोले झट्ट भत्किएको स्थान नदेखिने भएका कारण पनि दुर्घटना हुने गरेको बद्रीबाडीका मोहन उप्रेती बताउँछन् । गत असार महिनाको दोस्रो सातामा आएको बाढीले उक्त सडकको कचवेको एकतिरको भाग भत्काएर क्षति पु¥याएको थियो ।

पहिले नै जनप्रतिनिधिहरुलाई जानकारी गराए पनि बाढीले पुनः बगाएर क्षति पु¥याउने भन्दै मर्मत नगरिएको बताइएको छ । तर, सडक अवरोध हुँदा एकातिर पैदलयात्री सास्ती भोग्न बाध्य छन् भने अर्कोतिर दुर्घटना हुन थालेको उप्रेती बताउँछन् ।

खेतको पानी सडक भएर बग्ने गरेको उक्त क्षेत्रमा पानीको मूलधार रहेको स्थानमा कज्वे निर्माण गरिएको छ भने छेउमा उच्चरुपमा बक्स कल्भर्ट निर्माण गरिएको छ । उक्त कल्भर्ट उपयुक्त ढंगले निर्माण नभएको भन्दै आलोचना समेत हुने गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here