मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

२५ श्रावण २०७९, बुधबार मा प्रकाशित

मोरङ ।

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिई आफ्नो घर अगाडि बसिरहेकी ६१ बर्षीया सितादेबी ढकाल घाईते भएकी थिईन ।

ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकल र चालक मोरङ बेलबारी–६ का २३ बर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here