करको दायरा नबढाउने बिर्तामोड नगरको निर्णय

२५ श्रावण २०७९, बुधबार मा प्रकाशित

बिर्तामोड ।

कर वृद्धि गरेपछि चौतर्फी आलोचना खेपेको बिर्तामोड नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको छ ।
यसअघि कर वृद्धि गर्ने निर्णयलाई सच्याउँदै बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नु पर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामि ५ महिना भित्र वर्गिकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पति कर तथा भूमिकर सम्बन्धि आर्थिक ऐन २०७९ निर्माण गरि कर संकलन सुरु गरेको थियो ।

बढेको कर बुझाईसकेकाहरुको हकमा भने आगामि आर्थिक वर्षमा लाग्नेकरमा हिसाब मिलान गर्ने प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले करको विषयमा विज्ञहरुसंग समन्वय गरी कार्यपालिकामा व्यापक छलफल गरेर निर्णयमा पुगेको बताउनुभयो । नगरपालिकाले करको दायरा बढाएर दोब्बर बनाएपछि चौतर्फि आलोचना र विरोध भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here