रासस भद्रपुरको प्रमुखमा प्रसाईं नियुक्त

२५ श्रावण २०७९, बुधबार मा प्रकाशित

झापा, राष्ट्रिय समाचार समिति (रासस) को भद्रपुरस्थित कार्यालय प्रमुखमा देवेन्द्र प्रसाईं नियुक्त भएका छन् ।
राससको साउन २३ गतेको बोर्ड बैैठकले प्रसाईलाई भद्रपुरस्थित कार्यालयको प्रमुखको रुपमा नियुक्त गरेको थियो । जिम्मेवारी पाएसँगै प्रसाईंले आज पदभार ग्रहण गरेका छन् । नवनियुक्त कार्यालय प्रमुखलाई एक कार्यक्रमका बीच कार्यालयमा स्वागत गरिएको छ ।
कार्यालयमा जिम्मेवारी सम्हालेसँगै उनले राससलाई अझ स्तरीय र विश्वसनीय बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सँगै सत्यतथ्य, विश्वसनीय, चुस्त–दुरुस्त समाचार प्रवाह गर्न राससका सम्वाददताहरुलाई निर्देशनसमेत दिएका थिए ।
लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका प्रसाई झापा बिर्तामोडका स्थायी बासिन्दा हुन् । जनता ल क्याम्पस विराटनगरबाट कानून संकायमा स्नातक र डिग्री क्याम्पस विराटनगरबाट पोलिटिकल साइन्समा स्नातकोत्तर गरेका प्रसाई अधिवत्ता हुन् ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here