पथरीशनिश्चरेकी १४ वर्षिया बालिका बलात्कृत

२६ श्रावण २०७९, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बेलबारी नगरपालिकास्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।
गएको सोमबार साँझ ५ बजे बालिका बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बेलबारीस्थित दिदीको घर आएको बेलामा बालिका र नेपाली विच परिचय भएको प्रहरीले जनाएको छ ।

‘चिनजानपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर एकान्त जंगलमा पुर्‍याएपछि जवरजस्ती करणी गरेको खुलेको बताईएको छ । बलात्कारको अभियोगमा नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

डिएसपी श्रेष्ठका अनुसार पारिवारिक आर्थिक अवस्था कमजोर भएकी बालिकाले प्रतिकार गर्ने क्रममा उनको घाँटी, अनुहार र शरीर लगायतमा चोटपटक लागेको छ । अभियुक्त नेपालीले “बिहे गर्छु ‘ भन्दै बलात्कार गरेपछि बालिकालाई आफ्नो घर पनि लिएर गएको तर परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित बालिका कानेपोखरी स्थित प्रहरीसमक्ष पुगेकी थिइन् ।

कानेपोखरी प्रहरी कार्यालयमा आए पछि बालिकाले आफु असुरक्षित महसुस भएको भनी बताएकी थिइन्। सोहि क्रममा प्रहरीले बलात्कारको घटना भएको पत्ता लगाएको थियो । पीडित बालिकाको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोशी अस्पतालमा गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here