ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतिय नागरिकसहित चार जना पक्राउ

२६ श्रावण २०७९, बिहीबार मा प्रकाशित

झापा।

झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो कांकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपानेबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्री राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

झापाकै दमक नगरपालिका–९ ईटाभट्टाबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भीमबहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here