रोटरी र रोट्रयाकको पद हस्तान्तरण

२६ श्रावण २०७९, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

रोटरी क्लव अफ विर्तामोड मिडटाउनको नवौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको आठौं पद हस्तान्तरण कार्यक्रम संयुक्तरुपमा सम्पन्न भएको छ ।

सन् २०२२/२०२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हालेका रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेल र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सालु कोइरालाले बिर्तामोडमा आयोजित कार्यक्रमका बीच एक बर्षका लागि पदभार ग्रहण गरेका हुन् ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२१/०२२ का प्रेसिडेन्ट दिनेश पोखरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरियन गायत्री सुवेदी उप्रेतीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२१/०२२ का प्रेसिडेन्ट दिनेश पोखरेलले आफ्नो कार्यकालमा रोटरीले गरेका कार्यहरुको जानकारी गराएका थिए । कार्यक्रममा रोटरी क्लबकी एसिस्टेन्ट गर्भनर निकिता गिरीले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०२२/२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरणसहित पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०२१/२०२२ का प्रेसिडेन्ट दिनेश पोखरेलले सन् २०२२/२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेललाई विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाणपत्र र ग्यावल गन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । आफूले सपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात नवनिर्वाचित प्रेसिडेन्ट जमरकट्टेलले मिटिङको कल तथा निर्देशन गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित प्रेसिडेन्ट जमरकट्टेलले आफ्नो कार्यकालमा आफूले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई नयाँ उचाईमा पुर्याउने बताए । यस वर्ष विभिन्न आठ वटा संस्थासंग सम्झौता गरेर विविध विषयमा कार्य गर्ने बताउँदै उनले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताए ।

नवनिर्वाचित प्रेसिडेन्ट जमरकट्टेलले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट इलेक्ट सिद्धार्थ नविन उप्रेती, प्रेसिडेन्ट नोमिनी राजेन्द्रकुमार अग्रवाल ,सेक्रेटरी शरद जोशी ,ट्रेजरर राजीव जैन, ज्वाइन्ट ट्रेजररमा सुजित वंशल, सर्जेन्ट एट आम्स सिजर राजभण्डारी र गायत्री सुवेदी , क्लब एडिटर भास्कर शर्मा, क्लब मेन्टर उमेश डालमिया , क्लब ट्रेनर शिवकुमार अग्रवाल ,क्लब एडमिनिष्टे«शन चेयर रोसन बुढाथोकी, पवन अग्रवाल, मिनु शिवाकोटी , मेम्वरसीप चेयर मनोज अग्रवाल , छबी पौडेल , पब्लिक इमेज चेयर होम कार्की, सुवास भट्टराई , शारदा रिजाल , रोसन वस्नेत, सर्भिस प्रोजेक्ट चेयर जगत शर्मा,सर्भिस प्रोजेक्ट को–चेयर प्रियंका शर्मा , विवेक कोइराला , टीच टिम सन्नी गोयल, विवेक गुप्ता,टीआरएफ चेयर जीपी पाण्डे, शेरबहादुर थापा, खगेन्द्र खरेल, पोषण ओलीलगायतलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

सोही कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईंलाई मानर्थ सदस्यता प्रदान गरिएको थियो । उनलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिटेण्ट सन्तोष अग्रवालले पीन प्रदान गरेका थिए । कार्यक्रममा प्रसाईंसहित १२ जनालाई नयाँ सदस्यता प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको आठौं पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२२/२०२३ की प्रेसिडेन्ट सालु कोइरालालाई रोट्रयाक्ट क्लबका डिस्ट्रीक मेम्वरसीप चियर विवेक श्रेष्ठले रोटरीयन कलर(चेन) लगाइदिएर पद तथा गोपनियताको शपथ खुवाएका थिए । कार्यक्रममा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२१/०२२ का प्रेसिडेन्ट निरज चौधरीले नवनिर्वाचित प्रेसिडेन्ट कोइरालालाई ग्याबल हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०२१/०२२ का प्रेसिडेन्ट निरज चौधरीले आफ्नो कार्यकालमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरुको जानकारी गराएका थिए भने सन् २०२२/२०२३ की प्रेसिडेन्ट सालु कोइरालाले आगामी वर्षमा गरिने कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी सन् २०२२/२०२३ की प्रेसिडेन्ट सालु कोइरालाले रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट इलेक्ट जितेश अग्रवाल , प्रेसिडेन्ट नोमिनी सञ्जय अग्रवाल, भाइस प्रेसिडेन्ट अमन मित्तल, श्रद्धा प्रसाईं सेक्रेटरी अर्चना अधिकारी ,ज्वाइन्ट सेक्रेटरी र सर्जेन्ट एट आम्स एलिना कार्की, ट्रेजरर भिष्म घिमिरे, ज्वाइन्ट ट्रेजरर रोनल मित्तल, क्लब सर्भिस डाइरेक्टर वविता आचार्य , प्रोफेसनल सर्भिस डाइरेक्टर समिर मिश्र, कम्युनिटी सर्भिस डाइरेक्टर प्रतिक्षा घिमिरे, इन्टरनेशनल सर्भिस डाइरेक्टर सोनु कोइराला, टीआरएफ डाइरेक्टर श्रीनिता थपलिया र पव्लिक इमेज डाइरेक्टर प्रकृति न्यौपाने , मेम्वरसीप् डाइरेक्टर निरज चौधरीलाई पद तथा गोपनियताको शपथ खुवाएकी थिइन् ।
कार्यक्रममा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनले दुई जनालाई नयाँ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा जितेश अग्रवाललाई रोट्रयाक अफ द इयर घोषणा गरी पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरुको प्रशंसा गरेकी थिइन् भने एसीस्टेन्ट गर्भनर निकिता गिरी , रोट्रयाक्ट क्लबका डिस्ट्रीक मेम्वरसीप चियर विवेक श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०२२/२०२३ का प्रेसिडेन्ट सुमन शर्मा जमरकट्टेलले सन् २०२२/२०२३ मा स्वास्थ्य , शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्न अर्जुनधारा नगरपालिका, रोङ गाउँपालिका , नेल्टा झापा, बिर्तामोड आई हस्पिटल, बीएण्डसी मेडिकल कलेज,सप्तकोशी डेभलपमेन्ट वैंक, नेपाल हार्ट फाउण्डेशन , सहारा इण्डष्ट्रीसंग सम्झौता गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका मेयर वलदेवसिंह गोम्देन, रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङ, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, बिर्तामोड आई हस्पिटलका डा.राजेश प्रधान, बीएण्डसी मेडिकल कलेजकी सिनियर मार्केटिङ अफिसर रचना थापा, सप्तकोशी डेभलपमेन्ट वैंकका रमेश रिजाल, नेपाल हार्ट फाउण्डेशन झापा शाखा अध्यक्ष कुमारमणी पोखरेल, सहारा इण्डष्ट्रीजका निरज चौधरीले सम्झौता पत्र ग्रहण गरेका थिए ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी मिनु शिवाकोटीले टोस्ट प्रोेपोजल प्रस्तुत गरेकी कार्यक्रममा पुष्पाञ्जलि सिन्हाले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी शरद जोशी र रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी अर्चना अधिकारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here