बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२६ श्रावण २०७९, बिहीबार मा प्रकाशित

झापा ।

झापाको मेचीनगर नगरपालिका–६ पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मति प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानिय पैदल यात्री ४० बर्षीय चेतनाथ फुयाललाई ठक्कर दिई घाईते भएका थिए ।

तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here