दमक,मंसीर ९ । यातायात मजदुरहरुको नेतृत्व तथा व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजीत २ दिने तालिम मंगलबार दमकमा सम्पन्न भएको छ ।
नेपाल यातायात मजदुर संघ दमक समितिले आयोजना गरेको तालिममा झापाका कन्काई पश्चिमका २५ जना यातायात मजदुरहरुको सहभागीता थियो । तालिमका क्रममा उनीहरुलाई नेतृत्व विकाश, क्षमता विकाश, संस्था व्यवस्थापन, भाषण कला लगायतका बारेमा जानकारी दिईएको थियो । प्रशिक्षणलाई पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल र पत्रकार गोपाल झापालीले सहजीकरण गरेका थिए । प्रशिक्षणको उद्घाटन सभाषद महेन्द्रा सुव्वाले गरेकी थिईन् । समापन समारोहमा प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका दमक नगरसभापति ढुण्डिराज भण्डारीले यातायात मजदुरहरुको व्यक्तित्वमा विकाश गर्न सके पेशा पनि व्यवस्थित हुने बताए । मजदुरहरुमा व्यक्तित्व र नेतृत्व क्षमता विकाश गराउने उदेश्यले कार्यक्रम गरिएको मजदुर संघका दमक नगर अध्यक्ष विश्वासकुमार कस्यपले बताए ।