सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छी बीच शिष्टाचार भेट वार्ता

0
279

काठमाडौं।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संग शुक्रवार विहान उनकै निवासमा चिनियाँ राजदूत होउ यान्छी विच भेट वार्ता भएको छ ।

सभामुखको सरकारी निवास लैनचौरमा पुगेर आज बिहान राजदूत यान्छीले भेट वार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको बताइएको छ ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

भेटमा राजदूत यान्छीले नेपाल, चीन असल छिमेकी रहेको बताउँदै एक चीन नीति प्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत यान्छीले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here