परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता

0
231

काठमाण्डौं ।

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङको निमन्त्रणामा खड्का चीन भ्रमणमा गएका हुन्।

खड्का र वाङबीच क्विनदाओमा भेट भएको हो। भेटमा दुई समकक्षीबीच सौहार्दपूर्ण र फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई नेताबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी चासो र सहयोगका क्षेत्रलाई प्रवद्र्धन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्काको चीन भ्रमण भएको हो। नेपालले गत शुक्रबार ताइवानका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सदैव एक चीन नीतिको समर्थन गर्दै आएको जनाएको थियो।

मन्त्री खड्काको भ्रमणमा अन्य कुनै महत्वपूर्ण कार्यक्रम तय नहुनुले पनि उनी एक चीन नीतिमा प्रतिबद्धता जनाउन चीन गएको कतिपयको बुझाइ छ। मन्त्री खड्काको भ्रमणले नेपाली काँग्रेस पार्टीमा चर्चाको विषय बनेको छ । भारतसँग पनि राम्रो सम्बन्ध रहेका पार्टी लगायत नेताहरुको चीनले पनि विश्वास गरेको र सबैथोक योजना तथा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकोले मन्त्रीसँगको आपसी सम्बन्ध प्रगाढ भएको देखिएको छ ।

चीनले मात्र कम्युनिष्ट नेताहरुसँग सहकार्य र सौहार्दपूर्ण र फलदायी कुराकानी गर्दै आएको सर्वविदितै छ । तर नेपाली काँग्रेसका नेता तथा मन्त्रीहरुको पनि कुरालाई प्राथमिकतामा राखेको पनि अब सबैलाई बुझ्न जरुरी छ ।

मन्त्री खड्काको चीन भ्रमणले एउटा नया अयाम थपिएको छ । पेलोसीको ताइवान भ्रमणपछि नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले विज्ञप्ति जारी गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहने अपेक्षा व्यक्त गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here