अध्यक्षको टुंगो नलागे पनि अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित

0
305

छविराज ढकाल
पथरीशनिश्चरे,
मोरङको उर्लाबारी नगरपालिकास्थित नेकपा एमाले समबद्ध नेपाल लोकतान्त्रिक धिमाल संघ केन्द्रिय समितिको तेस्रो राष्ट्रिय अधिवेशन सकिएको छ ।
आज शनिबार धिमाल जातिय विकास केन्द्रको सभाहलमा सम्पन्न भएको उक्त अधिवेशनले अध्यक्ष बाहेक अन्य पधादिकारी र सदस्य सर्वसम्मत चयन गरेको हो भने अध्यक्षमा लोकबादुर धिमाल र नम्बरलाल धिमाल दुई जनाको नाम परेकोले आउंदो साउन ३१ गते दुई बिच चुनाव गरिने भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । समितिमा २५ कार्यसमिति सदस्य रहने व्यवस्था गरिएको छ ।
नवगठित समितिका लागि सर्वसम्मत हुनेहरुमा क्रमशः बरिष्ठ उपाध्यक्षमा लक्ष्मिनारायण धिमाल, तीन उपाध्यक्षमा भुवन, बिकेन्द्र र मन्जु धिमाल, महासचिवमा अम्बरबहादुर धिमाल, सचिवमा मणिराज, सुनिल कोषाध्यक्षमा रोमान्सी तथा अन्य सदस्यहरुमा गिरिराज, पदम, हेम नारायण, ब्रेमलाल, रेवतबहादुर, खड्गबहादुर, ज्योती, सुर्यबहादुर, मोनिका, मनोज, दिपक, पितबहादुर र मिना रहेकाछन् ।
एकै कार्यक्रम बिच नेपालभरबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद तथा शुभकामना समेत प्रदान गरिएको थियो । कार्यक्रममा मोरङ, झापा, सुनसरी र काठमाडौबाट संघमा आबद्धहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इनचार्ज बिनोद ढकाल प्रमुख अतिथि, नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडा बिशिस्ट अतिथि, अतिथिहरु नेकपा एमाले उर्लाबारी नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा एमाले झापा जिल्ला सदस्य मदनकुमार बोहोरा, नेकपा एमाले प्रदेश नंः १ कमिटी सदस्य तथा धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमाल, धिमाल जातिय विकास केन्द्रका केन्द्रीय पूर्व अध्यक्ष रामबहादुर धिमाल, धिमाल स्वयत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बाङगाई धिमाल, धिमाल राष्ट्रिय मुक्तिमोर्चा केन्द्रीय अध्यक्ष गणेशमान धिमाल, नेपाल राष्ट्रिय धिमाल संघ कृष्णबहादुर धिमाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल मोरङ जिल्ला उपसचिव सुरेन्द्र सेर्मा लगायत घसंका अध्यक्ष पर्तमान धिमालको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन नेपाल लोकतान्त्रिक धिमाल संघका महासचिव भुवनकुमार धिमालले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here