भारतीय भूतपूर्व गोर्खा सैनिकले मनायो स्वतन्त्रता दिवस

0
312

बिर्तामोड,  भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै भारतको स्वतन्त्रता दिवस मनाएको हो ।

संघका अध्यक्ष धनकुमार ९डिके० गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सल्लाहकार हिमालयप्रसाद कन्दङ्वा, रत्नबहादुर गुरुङ, भक्तबहादुर तामाङगायतले शुभकामना मन्तव्य राखका थिए ।

भारतीय भूतपूर्व गोर्खा सैनिक संघले अगष्ट १५ मा स्वतन्त्रता दिवस र जनवरी २६ गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन सहकोषाध्यक्ष निर्मला गुरुङले गरेकी थिइन् भने स्वागत उपाध्यक्ष भीममाया नेम्वाङले गरेकी थिइन् । सो अवसरमा अवकाशप्राप्त सैनिकहरुले नाचगान गरेका थिए भने परिकार उपलब्ध गराउने सैनिक श्रीमतीहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here