कार र मोटरसाइकल एकापासमा ठक्कर हुदाँ एक गम्भिर घाईते

0
265

पथरीशनिश्चरे,

पूर्व पश्चिम राजमार्गको पथरीशनिश्चरे खण्डमा कार र मोटरसाईकल एक आपसमा दुर्घटना हुँदा एक मोटरसाइकल चालक गम्भिर घाईते भएका छन् भने अरू दुई जनालाई सामान्य चोटपटक लागेको छ।

सोमबार अपरान्ह ३ बजे पथरी बजारमा पूर्वबाट पश्चिमतर्फ गैरहेको मे १ च ६१२१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को ४ प ९३६२ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका हुन् ।

मोटरसाइकलमा सवार चालक रंगेली नगरपालिका -२ बस्ने २८ वर्षे भक्त बहादुर महत्तोको अवस्था गम्भिर रहेको छ भने सोहि मोटरसाइकल पछाडी बसेको सोहि वडाका वर्ष २३ का श्याम सुन्दर यादव तथा मोटरसाइकल बिचमा बसेका वर्ष १२ का गरिमा महत्तो मध्यम घाइते भएका छन्। उनीहरू तिनैलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटरसाइकल चालक भक्त महत्तोको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने पछाडि बसेका यादवको दाहिने हात, खुट्टा र कम्मरमा चोट लागेको छ। यसैगरी, सोहि मोटरसाइकको बिचमा बसेका वालक महत्तोको दुवै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

यता, दुर्घटनामा परेको कारसहित चालक गौरादह -७ बस्ने ४३ वर्षे उदयकुमार राजवंशी ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जनाउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here