हाम्रो अभियानद्वारा पाँच जनाको उद्धार

0
300

बिर्तामोड ।

सामाजिक क्षेत्रमा सक्रिय हाम्रो अभियान नेपाल संस्थाको सक्रियतामा झापामा रहेका विभिन्न स्थानमा सडक मानव, मानसिक सन्तुलन गुमाउन पुगेका पाँच जनालाई उद्धार गरी मानव सेवा आश्रम लगिएको छ ।

उद्धार गरिएका उनीहरुलाई भक्तपुरस्थित डोलेस्वर धाम (हाम्रो घर आस्रम) लगिएको हाम्रो अभियान नेपाल सचिव विष्णु आचार्यले बताए ।

मेचीनगर–६ बाट एक जना, मानसिक सन्तुलन गुमाएका एक जना धुलाबारीबाट, भद्रपुर–३ बाट मानसिक सन्तुलन गुमाएका एक जना, बिर्तामोड–५ बाट लामो समय सडकमा रहँदै आएका बिरामीलाई मेची अस्पतालबाट एक जना र कन्काई नगरपालिका सडक आश्रित एक जना गरी पाँच जना रहेका छन् ।

उनीहरूको कपाल काटी, नुहाइधुवाइ गरी पुरानो कपडालाई परिर्वतन गरी लगिएको हाम्रो अभियान नेपालका सचिव आचार्यले बताए । उद्वार कार्यमा स्थानीय जनप्रतिनिधि साथै सामाजिक व्यक्तिहरुको सहयोगमा उनीहरुलाई मानव सेवा आश्रम पु¥याइएको हो ।

सामाजिक व्यक्तित्व विवेक प्रसाईंको उपस्थितिमा आश्रमलाई खाद्यान्न सहयोग गर्नु भएको थियो । साथै उद्धार गरी झापाबाट भक्तपुर पु¥याउन यातायातम सहयोग पु¥याएको आचार्यले बताए ।

उद्धारमा मेचीनगर नगरपालिक–६ का अध्यक्ष ललित तामाङ, बिर्तामोड–५ का वडाअध्यक्ष रोहित प्रसाई बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी, भद्रुपुरबाट रुद्र रेग्मी, कन्काई नपा–३ का वडाध्यक्ष युवराज चौलागाईं, विश्व सेवा बिस्तारकाकुमार बस्नेत, सञ्चारकर्मी सन्तोष अग्रवाल लगायतले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here