अग्रसेन भवन बिर्तामोडको अध्यक्षमा सुरेशकुमार

0
355

झापा, अग्रसेन भवन बिर्तामोडको अध्यक्षमा सुरेशकुमार अग्रवाल भद्रपुरे निर्बाचित भएका छन् ।
अग्रसेन भवनको २३ औ साधारण सभाबाट भद्रपुरे अध्यक्षमा निर्बाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत गौरीशंकर गुप्ता टिन्कुका अनुसार निवर्तमान अध्यक्ष हनुमानप्रसाद मित्तल, उपाध्यक्षमा रमेश अग्रवाल, सचिबमा दिपेन्द्रकुमार अग्रवाल मित्तल, कोषाध्यक्षमा सुशीलकुमार अग्रवाल, सहसचिवमा सुजित बंशल रहेका छन् ।


सदस्यहरुमा दिनेशकुमार मित्तल, बाबुलाल बंशल, शिवकुमार अग्रवाल, प्रदीपकुमार अग्रवाल (ब्याट्री वाला), जगदिस मित्तल, मागिलाल अग्रवाल (लालिखर्के), बिजय कुमार अग्रवाल निर्वाचित बताइएको छ ।
संस्थाका अध्यक्ष हनुमान प्रसाद मित्तलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, वडाअध्यक्ष रोहित प्रसाई लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव रमेशकुमार अग्रवालले सञ्चालन गरेको कार्यक्रममा एसईई परीक्षा २०७७ मा उत्कृष्ठ अंक ल्याउने मारवाडी समुदायका बिद्यार्थीलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा भवनका सह–सचिब यज्ञराज अग्रवालले बताए ।
निर्वाचनका लागि टिङ्कु सहित निर्वाचन अधिकृतका रुपमा निकेश बिहानी र अर्थ पेडिवाल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here