‘सम्हालिन्छ कहिले मन’ गीतमा रोमान्टिक आकाश र पूजा

0
267

काठमाडौं,

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘जरुरी कुरा छ’ बोलको गीतले लोकप्रियता हासिल गरेपछि निर्माण टिमले साउनको अन्तिम सोमवार पारेर ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्युबमार्फत् रिलिज गरेको हो ।

तारा प्रकाश लिम्बु र अनु चौधरीको युगल स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना र तारा प्रकाश लिम्बुको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन पक्ष प्रशंसायोग्य छ ।

निर्देशक सुदर्शन थापाले फिल्ममा गीत-संगीतहरु उत्कृष्ट रहेको बताउँदै कथाको माग अनुसार फिल्ममा कुनै पनि कुरामा सम्झौता नगरेको बताएका छन् । उनी भन्छन्, ‘क्वालिटीको हिसाबमा बलिउडको ‘ए ग्रेड’ फिल्मभन्दा उत्कृष्ट छ । दर्शकहरुले नयाँ फ्लेवर पाउनेछन् ।’ फिल्ममा सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्लको पनि अभिनय छ । सोनमको यो डेब्यू फिल्म हो ।

महेश दवाडीको लेखन रहेको यस फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन र शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर छ । एबी इन्टरनेशनलसँग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्म भदौ १७ गते प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले संयुक्त रुपमा बनाएका हुन् ।-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here