राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभापतिमा तिम्सिना चयन

0
408

ईहटरी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश एकको प्रदेश समिती गठन गरेको छ । ईहटरीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलाले राजेश तिम्सिनाको सभापतित्वमा २६ सदस्सीय प्रदेश समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना थापा बस्नेत चयन भएकी छन् । त्यस्तै सचिवमा सुभेस नेपाल र कोषाध्यक्षमा ओम भण्डारी चयन भएका छन् । २६ सदस्सीय समितिमा झापाबाट एक महिला, १ मुस्लिम र एक अपाङगता भएका व्यक्तिसहित ७ जना रहेका छन् । पार्टी सभापति रबि लामिछानेको उपस्थितिमा भएको भेलामा गठन हुन बाँकी जिल्लाको समिति पनि बिस्तार भएको सो पार्टीका झापा जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।
पार्टी स्थापना लगत्तै संगठन विस्तारलाई तिब्रता दिएको स्वतन्त्र पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान सुरु गर्ने जनाएको छ । आगामी मंसीर ४ गते हुने निर्वाचनमा एकल प्रतिस्पर्धामा उत्रने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी रणनीति केहीदिनमै सार्वजनिक गर्ने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here