अर्जुनधारामा क्युपेक नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
466

अर्जुनधारा ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक) अर्जुनधारा नगर कमिटीको आयोजनामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगर क्षेत्रभित्र रहेका निर्माण क्षेत्रका मजदुरहरुलाई सुरक्षित कार्यस्थल तथा नगरपालिकामा अनिवार्य सूचिकृत गराउने विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

कमिटीका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि क्युपेक नेपालका केन्द्रीय सदस्य देवकुमार राईले गरेका थिए ।

एक सय जना बढीको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि राई, क्युपेक नेपाल झापाकी उपाध्यक्ष लक्ष्मी घिमिरे, सचिव निरानन्द गिरी र जिफन्ट अध्यक्ष शंकर भण्डारीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा गत फागुन २१, २२ र २३ गते सम्पन्न भएको क्युपेक नेपालको आठौं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा नवनिर्वाचित सदस्यद्वय राई र दुर्गा गुरागाईंलाई मायाको चिनोसहित स्वागत सम्मान गरिएको थियो ।

कमिटीका उपाध्यक्ष लोकनाथ दुलालले स्वागत गरको उक्त कार्यक्रमको सञ्चालन सदस्य राम बानियाँले गरेका थिए । यता सोही कार्यक्रमबाट सीता चौहानको अध्यक्षतामा नौ सदस्यीय क्युपेक नेपाल अर्जुनधारा महिला नगर कमिटी गठन भएको केन्द्रीय सदस्य राईले जानकारी दिए ।

त्यसैगरी नवगठित कमिटीको उपाध्यक्षमा समिक्षा पोख्रेल, सचिवमा यशोदा मगर, सहसचिवमा सुनिता मण्डल र सदस्यहरुमा अमृता कुँवर, गोमा बस्नेत, पवित्रा राई, रजन चौधरी र शोलु चौधरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here