विमल दहाल, इलाम ।

मानवअधिकार संजाल तथा शान्ति कार्य समुह (प्याग) नेपाल इलामको छैटौ अधिवेशन तथा दशौ साधारण सभावाट अध्यक्षमा इलामका सटेन्द्र जवेगुको नेतृत्वमा १२ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिवार सम्पन्न भएको छ ।
इलामको जिल्ला समन्वय समितिको हलमा सम्पन्न छैटौ अधिवेशन तथा दशौ साधारण सभावाट उपाध्याक्षमा पुन्य प्रसाद दुलाल (पाँचथर), महासचिवमा प्रदिप अधिकारी(इलाम), सचिवमा शान्ति राई (पाँचथर), सचिवमा विशाल खड्का (तेह्रथुम), कोषाध्यक्षमा निर्मला मिश्र (इलाम), सदस्यहरुमा चन्द्र प्रसाद चुडाल (झापा), विद्या सापकोटा (इलाम), होममाया लाप्चा (इलाम), सहमान विश्वकर्मा (पाँचथर), मनप्रसाद नाल्वो (ताप्लेजुङ) र डिक प्रसाद कार्की (तेह्रथुम) चयन हुनु भएको छ।

प्रदेश १ को इलाम, झापा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सदस्यहरुको भेला रहेको अधिवेशन उद्घाटन कार्यक्रममा मानब अधिकार संजाल तथा शान्ति कार्य समुह प्याग नेपालले स्थानीय तह निर्वाचन प्यागको सदस्य रहि २०७९ बैशाख ३० गतेको निर्वाचनमा विजयी हुनुभएका ५ जना सदस्यहरुलाई संस्थाको तर्फबाट सम्मान, बधाई र शुभकामना प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुमा फाकफोकथुम गाँउपालिका इलाम अध्यक्ष दिपेन्द्र खनाल, आठराई त्रिवेणी गाँउपालिका ताप्लेजुङ उपाध्यक्ष शान्ता आङ्वोहाङ्ग, देउमाई नगरपालिका इलाम वडा नं-८ का वडाध्यक्ष चन्द्र मगर, माई नगरपालिका वडा नं-७ का वडाध्यक्ष बुद्धि प्रसाद खनाल र इलाम नगरपालिका कार्यपालिका सदस्य दिपक त्रिखत्रीलाई सम्मान गरिएको हो।
प्रमुख अतिथि इलाम जिल्ला समन्वय समितिका अध्यक्ष जय प्रकाश राईले पत्रकार, कानुन व्यवसायी र संघ संस्थाका प्रतिनिधिहरु सम्मिलित प्यागमा विगत देखिनै द्वन्द रुपान्तरण र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै बर्तमान समयमा लोकतन्त्रीक व्यवस्था पनि विकृति विसंगति मौलाएको भन्दै सुशासन, पारदर्शिता र लोकतान्त्रिक पद्धतिको स्थायी संरचना बनाउन प्यागको भुमिका महत्वपुर्ण रहने जानकारी दिनुभयो।

निवर्तमान अध्यक्ष डम्बर बस्नेतको अध्यक्षता महासचिव पुन्य प्रसाद दुलालको सन्चालनमा सम्पन्न कार्यक्रममा प्यागका सल्लाहकार सुर्य प्रसाद निरौला, फाकफोक थुम गाँउपालिकाका अध्यक्ष दिपेन्द्र खनाल, आठराई त्रिवेणी गाँउपालिका उपाध्यक्ष शान्ता आङबुहाङ, पत्रकार सटेन्द्र जवेगु, कार्यकारी निर्देशक प्रकाश अधिकारी, केशब धौराली लगायतले मन्तव्य राख्नु भएको थियो।
प्यागको प्रगति प्रतिवेदन प्रदिप अधिकारीले गर्नु भएको कार्यक्रममा ५ जिल्लाका ५४ जना मानवअधिकारकर्मीको सहभागीता रहेको जनाईएको छ।































