बुद्धशान्ति ।

झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले वडाका किसानले पालेकाे गाई र भैँसीका लागि निशुल्क एआई (कृतिम गर्वाधान) सेवा प्रदान गर्ने भएकाे छ ।
त्यस्तै पशुपालन गर्ने किसानलाई पशुबिमा गर्न अभिप्रेरित गराउने उदेश्यले आफूले पालेका गाई र भैँसीकाे बिमा गर्न चाहने किसानका लागि बिमा शुल्कको आधा रकम वडाले नै बेहोर्ने भएकाे छ ।
वडाले पशुपालनमा किसान ब्यवसायिक बन्न प्रोत्साहित हुन भन्ने उदेश्यले किसानले पालेकाे गाई र भैँसीकाे पशु विमा गरिने वडा बैठकमा निर्णय भएकाे वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । उनले हरेक किसानका वढीमा दुईवटा गाई र भैँसीकाे बिमा गर्न वडाले विमा शुल्कको आधा रकम बेहोर्ने जानकारी दिए ।
त्यस्तै पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजिकरण गरेकाे छ । अब वडा कार्यालयमा किसानले सहुलियत दरमा पशुका लागि क्याल्सियम पनि पाउने छन् । आ.व. २०८९/८० काे बजेट कार्यान्वयनमा आउने बित्तिकै यी याेजना संचालनमा आउने बताइएकाे छ ।






























