जगत जननी कृतन मण्डलीका महिलाले तीज मनाए

0
434

बिर्तामोड ।

नेपाली महिलाहरुले विभिन्न कार्यक्रम गर्दै तीज मनाउन थालेका छन् । सामूहिक रुपमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै तथा सामूहिक रुपमा दर खाएर तीज मनाउन शुरु गरेका हुन् ।

यसैक्रममा झापाको बिर्तामोड–२ स्थित चारपानेका जगत जननी कृतन मण्डलीका दिदीबहिनीहरुले सामूहिक रुपमा भजन कृतन गर्दै तथा तीज सम्बन्धि पुराना संकृतिको संरक्षण गर्ने उद्धेश्यले सामूहिक रुपमा दर खाएर तीज मनाएको संस्थाकी अध्यक्ष जानुका सञ्जेलले जानकारी दिनुभयो ।

स्थानीय भीम सञ्जेलको घरमा कृतनसहित सामजकी वृद्ध आमा सरस्वती नेपाललाई नगदसहित दोसल्ला ओडाएर सम्मान गर्दै तीज मनाइएको बताइएको छ । कार्यक्रममा चित्रकला ओली, भीम सञ्जेल, सीता देउजा लगायले तीज पर्वको महत्वका विषय आफ्ना भनाईहरु राखेका थिए ।

पछिल्लो समय विभिन्न पार्टी प्यालेसहरुमा तीज भन्दै भड्किलो रुपमा मनाइरहेका बेला जगत जननी कृतन मण्डलीका महिलाहरुले संस्कृतिको संरक्षण गर्दै तीज मनाएको जनाइएको छ ।

उक्त कार्यक्रमको सञ्चालन सचिव शान्त पाठक कडरियाले गर्नुभएको थियो । सामूहिक रुपमा दर खाँदै महिलाहरुले तीजका गीतमा नृत्य समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here