कन्सल्टेन्सी सञ्चालकसहित चार जना पक्राउ

0
246

दमक ।

अनलाईन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वान एक्स वेट एप्लिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेलाउने दमकको एक कल्सल्टेन्सी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ बर्षीय सतप्रकाश साह र दमक –७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल –२ का ३० बर्षीय अरुण कार्की तथा वृटिस आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक दमक–८ का ३३ बर्षीय राजु लिम्बू रहेका छन् ।

गोप्य सूचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटेको प्रहरी टोलीले उनीहरुलाई दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो ।

पक्राउ परेको समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वान एक्स वेट एप्लिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेलाएको आरोप छ ।

अनाधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ई सेवा खाता खोली लाखौंको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कन्सल्टेन्सीमा आउने बिद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याइएका एनसेलका सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवाइल, ल्यापटप ४ थान, प्रजापति सापकोटा, चेयरमेन दमक –२ लेखिएको स्ट्याम्प १ थान, हेड टिचर लेखिएको स्ट्याम्प १ थान, डिकबहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, मादी नगरपालिका ३, वार्ड अफिस संखुवासभा लेखिएको स्ट्याम्प १ थान, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, ग्लोबल एजुकेशन एकाडेमी लेखिएको स्ट्याम्प १ थान र नेपाली सेना रेकर्ड अफिस २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसूरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here