दलाई लामाको बुद्ध धर्म जोगाउने र भारतसँग सम्बन्ध प्रगाढ बनाउने अभियानप्रति चीनको टाउको दुखाइ

0
266

नयाँ दिल्ली ।

चीनले तिब्बतमा अवैधरुपमा कब्जा गरेपछि निर्वासित हुन पुगेका तिब्बती बौद्ध आत्यात्मिक नेता दलाई लामा पछिल्लो समय भारतसँगको सम्बन्ध विस्तारका लागि खुलेरै प्रशंसा गर्न थालेका छन्।

दलाई लामाले कुनै गतिविधिहरु गरेमा चीनको टाउको दुखाइ सुरु हुन्छ। पछिल्लो पटक दलाई लामा चीनसँग सीमा जोडिएको भारतको दुर्गम पहाडी लद्दाख क्षेत्रको भ्रमण गरे।

सन् २०२० मा कोरोना भाइरस महामारी सुरु भएदेखि नै उत्तरी भारतीय सहर धर्मशालामा रहेको आफ्नो आधार बाहिर आध्यात्मिक नेताको यो पहिलो यात्रा हो।

नयाँ दिल्लीले विवादित कश्मीरबाट क्षेत्र विभाजन गरेपछि, सम्पूर्ण क्षेत्रको अर्धस्वायत्त स्थिति खारेज र २०१९ मा प्रत्यक्ष नियन्त्रण लिएपछि उनी लद्दाखमा पहिलो पटक आएका छन्। उनले त्यहाँ स्थानीय समुदायसँग अन्तर्क्रिया गरेका छन्।

पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको समयमा इन्दु नदीको उपादेयता बढेको र तिब्बतबाट बग्‍ने नदीहरु केवल तिब्बती नागरिकका लागि मात्र नभएर यस क्षेत्रका सम्पूर्ण जनताा लागि नै उपयोगी हुने बताएका छन्।

कठ्याङ्‌ग्रिँदो चिसोको लेह सहरमा विमानस्थलबाहिर सडकको दुवै छेउमा हजारौं मानिसहरू लाइनमा उभिएर उनको भव्य स्वागत गरेका थिए। इन्दु नदीले भारत र पाकिस्तानबीचको सम्बन्धका लागि पनि महत्वपूर्ण छ। पाकिस्तानको सदाबहार मित्र भनिएको चीनलाई दलाई लामाको यस कुराले पनि चिन्तित तुल्याएको छ।

उल्लेखनीय रूपमा दलाई लामाको लद्दाख यात्रामा यस क्षेत्रका युवाहरूसँग व्यापक अन्तरक्रिया भएको छ। उनले तिब्बत मुद्दाको पृष्ठभूमि र आफू शरणार्थी भएर भारत कसरी आएका कुरा युवाहरुलाई सुनाएका छन्। उनले चिनियाँ सरकार/कम्युनिष्ट पार्टी र तिब्बतीहरू बीच रहेको अविश्वासका तत्वहरूलाई पनि जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here